Logo
१२ बैशाख २०८१, बुधबार
(August 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर लकडाउन तयारी : भोलिदेखि सवारीमा जोर विजोर प्रणाली लागू

सरकारले भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । साथै विभिन्न प्रदेश र पालिकाहरुको सिफारिसमा देशब्यापी लकडाउन लगाउने तयारी थालिएको छ ।

काठमाडौं उपत्यकासहित २०० जना भन्दा बढी कोरोना संक्रमित रहेको जिल्लामा जोर विजोर प्रणाली लागू हुनेछ ।

सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।

तर कोरोना संक्रमणको जोखिम बढेसँगै विज्ञहरुले जोर विजोर लागू गर्न सुझाएका थिए ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए ।

प्रकाशित मिति: Aug 5, 2020

प्रतिक्रिया दिनुहोस्