Logo
६ बैशाख २०८१, बिहीबार
(August 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चका तीन जना सवारी चालकमा कोरोना संक्रमण पुष्टि

पछिल्लो समयमा कोरोना संक्रमित नेपालमा बढीरहेको अवस्थामा सर्वोच्च अदालतका तीन जना सवारी चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

तीनै जना संक्रमित न्यायाधीशहरुको सवारी चालक रहेको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।यसमध्ये एक जना न्यायाधीश हरिकृष्ण कार्कीका सवारी चालक हुन् भने बाँकी दुई जनाबारे थप विवरण प्राप्त हुन सकेको छैन।

सोमबार सर्वोच्च अदालतबाट एक सय जनाको स्वाब परीक्षण गरिएको थियो। यसमध्ये बुधबार ६० जनाको रिपोर्ट आएकोमा तीन जनामा कोरोना पोजिटिभ देखिएको हो।

यसअघि सभामुख अग्नि सापकोटाका सुक्षामा खटिएका एक सवारी चालकमा पनि कारोना देखिएको थियो।

प्रकाशित मिति: Aug 5, 2020

प्रतिक्रिया दिनुहोस्