Logo
१३ बैशाख २०८१, बिहीबार
(August 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

SEE को नतिजा यही हप्ताभित्र प्रकाशन गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले SEE को नतिजा यही हप्ताभित्र प्रकाशन गर्ने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले  कुराकानीमा भने,‘हामी यही हप्ताभित्रै नतिजा प्रकाशन गर्नेगरि तयारी अगाडि बढाईरहेका छौं । भोलि कार्यालय गएर म नतिजा प्रकाशनसम्बन्धी छलफल गर्छु । केही विद्यालयहरुले आन्तरिक मूल्यांकन पठाउँदाखेरि नाम, जन्ममिति र ठेगानाबारे त्रुटि भेटिएको छ, हामीले ती विद्यालयहरुलाई सच्याएर पठाउन भनेका छौं । बरु, एक र दुई दिन ढिला होस, तर विद्यार्थीहरुले दुःख नपाउन भन्ने पक्षमा बोर्ड छ ।’

यो वर्ष एसईई परीक्षा कोरोना संक्रमणको कारण हुन सकेको थिए । परीक्षामा सहभागी हुनको लागि ४ लाख ८२ हजारले फाराम भरेका थिए ।

प्रकाशित मिति: Aug 5, 2020

प्रतिक्रिया दिनुहोस्