Logo
१३ बैशाख २०८१, बिहीबार
(August 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा विवाद समाधानका लागि आज बालुवाटारमा बैठक बस्दै

पछिल्लो समयमा नेकपा भित्र प्रधानमन्त्रीको राजीनामा विषयलाई लिएर विवाद चर्की रहेको अवस्थामा आज  बालुवाटारमा नेकपा विवाद समाधानका लागि पनि बैठक बस्ने भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच साँझ ५ बजेका लागि तय भएको बैठकमा समाधानको बिन्दु तयार गर्नेबारे छलफल हुने बुझिएको छ ।

हिजोको बैठकमा ओली र प्रचण्डबीच चर्काचर्की भएपछि विवाद झन् पेचिलो बनेको हो ।यसबाट अब प्रचण्ड खरो रुपमा अगाडि बढ्ने संकेत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले झन् एकलौटी ढंगले पार्टी चलाएको भन्दै प्रचण्डले असन्तुष्टि पोखेका थिए ।उनले ओलीको सन्देश बोकेर बालुवाटार आउने दोस्रो पुस्ताका नेताहरुलाई दासको संज्ञा दिइसकेका छन् ।

प्रचण्डले हिजो भैंसेपाटी पुगेर उपाध्यक्ष बामदेव गौतमलाई भेटेका छन् । भेटमा गौतमले प्रस्ताव गरेको छ बुँदेबारे छलफल भएको बुझिएको छ ।

प्रचण्डले छ बुँदामा केही परिस्कृत गरे कुरा मिल्ने बताएको स्रोतले बताएको छ । प्रचण्डले ओलीले पार्टी अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने बुँदा थपेर जानुपर्नेमा जोड दिएको बुझिएको छ । यसो भएमा कुरा मिल्नसक्ने उनको भनाई थियो ।

आफूहरुले प्रधानमन्त्री नै छाड्नुपर्छ नभन्ने तर ओलीले पार्टी र सरकार दुवै एकैपटक संचालन गर्न नसक्दा कमजोरीहरु देखिएको विषय राखेका थिए ।

सहमतिको बिन्दु ओलीले एक पद छाड्नुपर्नेसम्म हुनसक्ने र त्यो हदसम्म लचिलो हुनसकिने प्रचण्डको भनाई थियो । बामदेवले यसबारे थप छलफल गर्न सकिने धारणा राखेको बुझिएको छ ।

 

प्रकाशित मिति: Aug 5, 2020

प्रतिक्रिया दिनुहोस्