Logo
१२ बैशाख २०८१, बुधबार
(August 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकाबिहानै बुटवलमा सडक मिचेर बनाएका घरमा चल्यो डोजर

प्रदेश नं ५ स्थित रुपन्देहीको बुटवलमा सडक मिचेर बनाएका घरहरुमा डोजर लगाएर आज विहानै भत्काइएको छ ।

बुटवल उपमहानगरपालिकाको वडा नं ९ र ११ मा पर्ने कालिकापथलाई बिस्तार गर्ने क्रममा सडक क्षेत्र मिचेर बनाएका बाँकी घर डोजरले भत्काइएको छ।

कालिकापथलाई ८२ फुटको बनाउने क्रममा सडकको क्षेत्राधिकार ओगटेर बनेका संरचना हटाउन घरधनीलाई आग्रह गरे पनि अटेर गरेपछि उपमहानगरपालिकाले प्रहरीको सुरक्षा घेरा बनाएर डोजर चलाएको हो। सडक क्षेत्रका अधिकांश घरहरु हटाएपनि केही घरधनीले घर भत्काउन अटेरी गर्दै आएका थिए।

पटक–पटक सडकको क्षेत्राधीकार मिचेका घरहरु भत्काउन आग्रह गर्दा पनि अटेरी गरेपछि उपमहानगरपालिकाले यही साउन १९ गते २४ घण्टाको म्याद दिएको थियो।

उपमहानगरपालिकाले दिएको अन्तिम म्यादसम्म पनि घरधनीले घर नभत्काएपछि प्रहरीको सुरक्षामा डोजर चलाउनुपरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

कालिकापथलाई बुटवल उपमहानगरपालिकाले वैकल्पिक सडकको रुपमा बिस्तार गर्ने योजना बनाएको छ। पुरानो बसपार्कदेखि भित्री सडक योगीकुटीसम्मको कालिका पथ भनिने यो सडकलाई बिस्तार गरी २५ मिटर फराकिलो बनाइने छ।

प्रकाशित मिति: Aug 5, 2020

प्रतिक्रिया दिनुहोस्