Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राम मन्दिरको शिलान्यासमा अयोध्या जान लागेका जानकी मन्दिरका महन्तलाई सिमाबाटै फर्काइए

भारतको उत्तर प्रदेशस्थित अयोध्यामा बुधबार राम मन्दिरको शिलान्यास समहारोहमा सहभागी हुन जान लागेका जानकी मन्दिरका महन्थ राम तपेश्वर दासलाई नेपाल भारतको सिमाबाट फर्काइएको छ ।

शिलान्यास कार्यक्रममा सहभागी हुन अयोध्याबाट निमन्त्रणा आएअनुसार जानकी मन्दिर महन्त दास आफ्नै गाडी लिएर हिँडेका थिए ।

तर, नाकामा प्रहरीले अनुमति नदिएपछि दास पुनः जनकपुर फर्केका छन् । सुरक्षाकर्मीले नाकामा रोकेपछि फर्केर जनकपुर आउनुपरेको उनको भनाइ छ।

नाकाबाट आवतजावत गर्न प्रतिबन्ध रहेको भन्दै सुरक्षाकर्मीले अनुमति नदिएपछि राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन अयोध्या जान नसकेको बताइएको छ।

जानकी मन्दिरका महन्त दासले शिलान्यास कार्यक्रममा जनकपुरको प्रतिनिधित्व गर्न अयोध्याका लागि हिँडे पनि प्रहरीले नाकाबाट जान अनुमति नदिएको बताएका छन्।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग कुरा गर्दा उनीहरूले अस्पतालको पिसिआर रिपोर्ट देखाएमात्र जान दिन भनेको महन्त दासले बताएका छन्।

‘माता जानकीको ससुराली अयोध्यामा ऐतिहासिक राम मन्दिरको शिलान्यास कार्यक्रममा जनकपुरको प्रतिनिधित्व गर्ने चाहना पूरा हुनसकेन,’ दासले भने।

शिलान्यास कार्यक्रममा अयोध्या जान नपाए पनि बुधबार जानकी मन्दिरमै विशेष कार्यक्रमको आयोजना गरिने उनले बताए।

राम मन्दिर शिलान्यास कार्यक्रममा अयोध्या जान जानकी मन्दिरका महन्त दासलाई सुरक्षाकर्मीले अनुमति नदिएपछि जनकपुरका स्थानीयले संस्कृति उपरको प्रहारका रूपमा अर्थाएका छन्।

कोरोनाकै कारण देखाएर ऐतिहासिक राम मन्दिरको शिलान्यास कार्यक्रममा जनकपुरको प्रतिनिधित्व हुन नदिनु दुःखद रहेको स्थानीयहरूको भनाइ छ।

प्रकाशित मिति: Aug 4, 2020

प्रतिक्रिया दिनुहोस्