Logo
३१ असार २०८२, मंगलबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीसँग पार्टी विवादबारे छलफल गर्न प्रचण्ड बालुवाटारमा पुगे

प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टीभित्र देखिएको विवाद समाधानबारे छलफल गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

आइतबार र सोमबारको भेट विना निष्कर्ष सकिएको अवस्थामा मंगलबार थप तयारीका साथ दाहाल अरु नेताहरुसहित बालुवाटार पुगेका हुन्। बालुवाटार जानुअघि बिहान प्रचण्डले उपाध्यक्ष वामदेव गौतमसँग उनकै निवास भैँसेपाटी पुगेका छन्।

बालुवाटार स्रोतका अनुसार ओली र दाहालसँग मंगलबार पनि वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ पनि छलफलमा बसेका छन्।

गौतमसँगको भेटमा दाहालले ६ बुँदे प्रस्तात फिर्ता लिन आग्रह गरिएको बुझिएको छ। नेकपाको शक्ति संघर्षमा निर्णायक बन्दै आएका गौतमलाई आफ्नो पक्षमा पार्न दाहाल उनको निवासै पुगेका थिए।

एक महिनाअघि नेकपामा सुरु भएको शक्ति संघर्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेर ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने पक्षमा उभिएका गौतम साउन १३ गते विवाद समाधानका लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सार्दै ओलीकै पक्षमा उभिएका छन्।

प्रकाशित मिति: Aug 4, 2020

प्रतिक्रिया दिनुहोस्