Logo
२० बैशाख २०८१, बिहीबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजस्व अनुसन्धान अधिकृत २ लाख घुससहित पक्राउ

बुटवलको नयाँगाउँमा रहेको राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत दुई लाख घुससहित मंगलबार पक्राउ परेका छन् ।

बुटवल-१२ नयाँगाउँमा रहेको राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विजय राना चिनी र सुर्ती व्यापारीसँग घुस लिंदै गर्दा बुटवल–१३ बुद्धचोकबाट पक्राउ परेका हुन् ।

व्यापारीसँग मासिकरुपमा घुस असुल्दै आएको भन्ने विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले स्टिङ अपरेसन गर्दा कार्यालय प्रमुख राना र घुस दिने अनिलकुमार झालाई घुस रकमसहित रंगेहात पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

प्रकाशित मिति: Aug 4, 2020

प्रतिक्रिया दिनुहोस्