Logo
२० बैशाख २०८१, बिहीबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रम्पद्वारा टिकटकसँगको डिलको निश्चित हिस्सा सरकारले पाउनु पर्ने माग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्टका मालिकसँगको टेलिफोन वार्तामा आफूले खरिद रकमको ठूलो हिस्सा सरकारले पाउनु पर्ने माग गरेको छन् ।

ट्रम्पले अमेरिकी कम्पनीले टिकटकको अमेरिकामा सञ्चालन स्वामित्व खरिद गरेमा त्यसको केही हिस्सा सरकारले पाउनु पर्ने बताएका हुन् ।

आउँदो सेप्टेम्बर १५ सम्ममा खरिद सम्झौता नभएमा अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्पले बताएका छन् ।

चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्वमा रहेको टिकटकका कारण सुरक्षा खतरा बढेको आरोप छ। चिनियाँ प्रतिविधि कम्पनीहरुमाथि आक्रामक रुपमा प्रस्तुत हुने ट्रम्पको चेतावनीपछि बाइट डान्स अमेरिकामा टिकटकको सञ्चालन स्वामित्व बेच्न दबाब परिरहेको छ

प्रकाशित मिति: Aug 4, 2020

प्रतिक्रिया दिनुहोस्