Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको मतलब नगरी ७ ओटा बैंकले कर्मचारीलाई बाँडे बोनस !

लकडाउने अर्थतन्त्रलाई थिलोथिलो पारेपनि कोरोनाको बेला ७ ओटा बैंकले कर्मचारीलाई बोनस बाँडेका छन् । यस वर्षको साउनमा ७ वटा वाणिज्य बैंकले आफ्ना कर्मचारीलाई बोनस खातामा पठाएका हुन ।

यसरी कर्मचारीलाई बोसन दिने बैंकमा सानिमा, नबिल, मेगा, प्रभु, सिद्धार्थ, ग्लोवल आइएमई र प्रभु बैंक छन् ।

साथै कुमारी बैंकले भने कर्मचारीलाई हालसम्म बोनस वितरण नगरे पनि साउनभित्रै बोनस वितरण गर्ने योजना बनाएको बैंकका एक अधिकारीले बताए ।

अघिल्ला वर्षहरुमा एक दर्जन वाणिज्य बैंकले आथिक वर्ष सकिएपछि कर्मचारीको खातामा बोनस पठाउँथे । तर गत वर्ष साउनमै बोसन दिएका ४ वटा बैंकले भने यसपाली बोनस वितरण गरेनन् ।

यसरी साउन महिनामा बोनस रोक्ने बैंकमा माछापुच्छ्रे, एनएमबि, सिभिल र सनराइज बैंक छन् ।

साउनमै कर्मचारीलाई बोनस दिएका अधिकांश बैंकले पनि अघिल्लो वर्षको तुलनामा कम बोनस वितरण गरेका छन् । तर नबिल बैंकले भने ५ देखि ७ महिना बराबरको तलब बोनसका रुपमा कर्मचारीलाई खातामा पठाइसकेको छ ।

यसैगरी, बैंकर्स संघका अध्यक्ष समेत रहेका सानिमा बैंकले सबैभन्दा पहिला कर्मचारीलाई एक महिनाको तलब बराबर खातामा बोनस पठाएको थियो ।

यस्तै, मेगा बैंकले १ महिनाको, सिद्धार्थ बैंकले २ महिनाको, ग्लोवल आइएमई बैंकले १ महिनाको र प्रभु बैंकले १ महिनाको तलब बराबरको बोनस कर्मचारीलाई वितरण गरिसकेको छ ।

बैंकहरुले असार मसान्तसम्म उठेको रकम हिसाब गरी कर्मचारीलाई बोनस दिन्छन् । कर्मचारीले बोनस ऐनअनुसार नाफाको १० प्रतिशत बोनस पाउने गरेका छन् ।

त्यसमा केही बैंक तथा वित्तीय संस्थाले केही प्रतिशत बोनस आर्थिक वर्षको अन्त्यमा, दशैमा र वार्षिक साधारणसभामा किस्ता/किस्ता गरेर वितरण गर्छन् ।

प्रकाशित मिति: Aug 4, 2020

प्रतिक्रिया दिनुहोस्