Logo
१२ बैशाख २०८१, बुधबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यालय सञ्चालन, बैठक र भेला नगर्न चितवन प्रशासनको निर्देशन

बागमती प्रदेश स्थित चितवन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाभित्र कुनै पनि भेला तथा बैठक सञ्चालन नगर्न निर्देशन दिएको छ ।

जिल्लाका केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला तथा अन्य सङ्घसंस्थाले भेला तथा बैठक सञ्चालन गरेको जानकारी आएको भन्दै प्रशासनले यस्तो निर्देशन दिएको हो ।

भेला तथा बैठक सञ्चालन गर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च हुने भएकाले त्यस्ता प्रकारको कुनै पनि गतिविधि नगर्न/नगराउन प्रशासनले अनुरोध गरेको छ ।

जिल्ला भित्रका केही शैक्षिक संस्थाहरुले शैक्षिक गतिविधि सञ्चालन गर्न थालेको देखिन आएकोले शैक्षिक गतिविधि एवम् पठनपाठन तत्काल अघि नबढाउन विद्यालयलाई प्रशासनले निर्देशन दिएको हो ।

प्रशासनको निर्देशन अवज्ञा गरी यस्ता कार्यलाई सञ्चालन गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिने जनाएको छ

। सूचनामा जिल्लाका सातवटै स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइ, गैरसरकारी संस्था महासङ्घ चितवन र जिल्ला सहकारी सङ्घलाई आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह पनि गरिएको छ ।

 

प्रकाशित मिति: Aug 4, 2020

प्रतिक्रिया दिनुहोस्