Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तराष्ट्रिय उडानको लागि १२ वटा वायुसेवा कम्पनीले मागे अनुमति

अहिलेको बर्तमान समयमा कोरोना माहामारी नेपालमा पनि फैलिरहेको अवस्थाको बीचमा पनि सरकारले १ भदौबाट अन्तराष्ट्रिय वायुसेवा कम्पनीलाई व्यवसायिक उडानको अनुमति दिने घोषणा गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार सोमबारसम्म १२ वटा कम्पनीले काठमाडौंलाई विभिन्न मुलुकका १८ शहरमा जोड्ने गरी उडान अनुमति मागेका छन् ।

सरकारको घोषणा अनुसार सोमबारसम्म १२ वटा वायुसेवा कम्पनी तत्काल उडानका तयारी तयार देखिएका छन् ।

यसमा स्वदेशी दुई कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससमेत रहेका छन् । यसबाट कुन कम्पनीलाई कुन गन्तब्यमा कतिसम्म उडान अनुमति दिने भन्ने निर्णय भने भइसकेको छैन ।

अर्कोतर्फ सरकारले पहिलो चरणमा कुन कुन मुलुकबाट जहाज चढेर नेपाल आउन पाउने भन्ने समेत स्पष्ट नपारेका कारण प्राधिकरणले उडानको अनुमति भने दिइसकेको छैन । ‘यो कम्पनीहरुबाट आएको प्रस्ताव हो,’ उनले भने, ‘हामीले दिने अनुमति छलफलकै क्रममा छ ।’

प्राधिकरणका अनुसार १ भदौमा शुरु हुने उडानमा साविकको तुलनामा कम्तिमा २५ प्रतिशत मात्र उडानलाई अनुमति दिइनेछ । अहिले आएको माग अनुसार दैनिक झण्डै २३ उडानको माग छ ।

सोमबारसम्म कम्पनीहरुले साताको कुल १ सय ५८ वटा उडानका लागि प्राधिकरणसँग अनुमति मागेका छन् । यसमध्ये सबैभन्दा धेरै नेपाल एयरलाइन्सले ५७ वटा उडानका लागि अनुमति माग गरेको छ ।

दोस्रो स्थानमा एयर अरेबियाले सातामा ३५ उडानका लागि अनुमति मागेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । हिमालय एयरलाइन्सले सातामा २१ उडानका लागि अनुमति मागेको छ ।

साविकमा त्रिभुवन विमानस्थलमा दैनिक औसतः ४ सय वटासम्म राष्टिय(अन्तराष्ट्रिय उडान-अवतरण हुने गथ्यो । त्यसमध्ये ९० वटासम्म अन्तराष्ट्रिय उडान-अवतरण हुने गरेको छ ।

तर, अहिले टर्मिनलमा भिडभाड नहोस भनेर केवल २५ प्रतिशत मात्र उडानलाई अनुमति दिइने उपमहानिर्देशक क्षेत्रीले जानकारी दिए ।

अन्तर्राष्ट्रियतर्फ एउटा जहाजका यात्रु टर्मिनलबाट बाहिर निस्किएपछि अर्को जहाजलाई अवतरणको अनुमति दिने गरी अनुमति दिइनेछ । प्रस्थानमा समेत सोही अनुसार व्यवस्थापन मिलाइने भएको छ ।

 

प्रकाशित मिति: Aug 4, 2020

प्रतिक्रिया दिनुहोस्