Logo
१३ बैशाख २०८१, बिहीबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकै परिवारका १४ जनामा कोरोना पुष्टि भएपछि रंगेलीमा निषेधाज्ञा

प्रदेश नं १ स्थित मोरङको रंगेली नगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि नगरपालिकाका विभिन्न वडामा तीनदिन बन्दको आव्हान गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीका अनुसार नगरपालिकाको ४, ५, ६ र ७ नम्बर वडा पूर्ण रुपमा सिल गरिएको जानकारी दिए।

नगरपालिकाले बजार क्षेत्र, बजारको पूर्व मधुवनी चौकदेखि सुनवर्षी नगरपालिका पश्चिम, चिसांग खोला, उत्तरमा निचामारी वक्राह खोला पुल, र दक्षिणमा भन्सार गेट क्षेत्रभर सिल गरेको हो।

त्यसैगरि, रंगेली अस्पतालको आकश्मिक सेवाबाहेकका सबै सेवाहरु अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गरिएको छ।

केहीदिन अघि मुख्यबजार क्षेत्रमा ७३ वर्षीय उमेरका बृद्धको मृत्यु भएपछि भेला भएका एकैपरिवारका १४ जनामा संक्रमण पुष्टि भएको उनले बताए।

मृतकको घर पुग्ने र परिवारका अन्य सदस्यहरुको पहिचान गर्दै सबैको स्वाब नमूना संकलन कार्य भइरहेको उनको भनाई छ।

मृतक परिवारका सदस्यहरु भारतको दिल्लीदेखि काठमाडौँबाट रंगेली घर आएका थिए । नगरपालिकाका अनुसार करिब १ महिनाअघि मृतकका छोरी दिल्लीबाट आएकी थिइन्।

दिल्लीबाट आउने क्रममा उनलाई विराटनगर वडा नम्बर १० बाट होटल क्वारेन्टिनमा बस्नका लागि अनुमति दिएको नगरपालिकाले जनाएको छ।सोही वडाको सिफारिसको आधारमा उनी रंगेली आएको प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए।

 

प्रकाशित मिति: Aug 4, 2020

प्रतिक्रिया दिनुहोस्