Logo
१० असार २०८२, मंगलबार
(August 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाबुराम अधिकारीसहित चार सहसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार विभिन्न मन्त्रालयमा कार्यरत चार जना सहसचिवहरूको सरुवा गरेको छ ।

मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीलाई प्रदेश नं. ५ को अर्थ मन्त्रालयमा सरुवा गरेको छ भने अधिकारीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव बिनोद कुमार सिँहलाई पठाइएको छ ।

त्यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीलाई युवा तथा खेलकुद मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रकाशित मिति: Aug 3, 2020

प्रतिक्रिया दिनुहोस्