Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विस्वासका पात्र बाँस्कोटा र बस्नेतसँगकोे छलफलपछि पून: बालुवाटार फर्किए ओली

प्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष केपी शर्मा ओली आफ्नो निजी निवास बालकोटबाट पुनस् बालुवाटार फर्किएका छन् । आइतबार मध्यान्ह सरकारी निवास बालुवाटारबाट बालकोट गएका ओली त्यहाँ एक घण्टा बिताएर फर्किएका हुन् ।

आजै बिहान बालुवाटारमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ता भएको थियो । यद्यपी दुबै नेता आआफ्नो अडानमा अडिग भएपछि वार्ता निष्कर्षविहीन भएको थियो ।

उनले बालकोटमा सो घरमा हाल बस्दै आएका पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटा र सांसद महेश बस्नेतसँग छलफल गरेको स्रोतले बताएको छ । बाँस्कोटा र बस्नेत ओलीको विश्वासपात्र मानिन्छन् ।

प्रकाशित मिति: Aug 3, 2020

प्रतिक्रिया दिनुहोस्