Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४५ दिनभित्र टिकटकलाई माइक्रोसफ्टसँग सम्झौता गर्न ट्रम्पले दिए अल्टिमेटम

पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केहीदिन अगाडि चिनियाँ एप टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने बताएका थिए।

हाल टिकटक र प्रविधि क्षेत्रको अमेरिकी जाइन्ट माइक्रोसफ्टबीच यही विषयमा छलफल भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

प्रयोगकर्ताको डेटा सेक्युरिटीको विषयमा विवाद झेल्दै आएको विश्वकै चर्चित मनोरन्जनात्मक एप टिकटक हालै मात्र अमेरिकी स्वामित्वमा जान राजी भएको हो।

तर यतिबेला ट्रम्प केही लचक देखिएका छन् । अमेरिकामा टिकटकले माइक्रोसफ्टको मातहतमा आएर सेवा दिने भए आफूले टिकटकलाई अमेरिकामा प्रतिबन्ध नलगाउने ट्रम्पले हाल बताएका छन् ।

ट्रम्पले ४६ दिनभित्र सम्झौता गरिसक्न भनेर समयसीमा पनि तोकेको छ । एक महिना लामो छलफलपछि टिकटकको प्यारेन्ट कम्पनी बाइटड्यान्स यो निष्कर्षमा पुगेको रोयटर्सले जनाएको छ।

ट्रम्पले चिनियाँ प्रविधि कम्पनी तथा एप अमेरिकी सुरक्षामा खतरा उत्पन्न गराउने खालको भएका बताएका थिए।

यसअघि हुवावे लगायतका प्रविधि कम्पनीहरु अमेरिकामा प्रतिबन्धित भइसकेका छन्।

प्रविधिको क्षेत्रमा अमेरिका चीनभन्दा पछि परेकाले अमेरिकाले चीनलाई अगाडि बढ्न नदिन चिनियाँ प्रविधि कम्पनी तथा एपहरुमा प्रतिबन्ध लगाएको चिनियाँ विश्लेषहरुको भनाइ छ।

अमेरिकाले विश्वभरका मुलुकलाई चिनियाँ सामग्री प्रयोग नगर्न अपिल गर्दै आएको छ।

 

प्रकाशित मिति: Aug 3, 2020

प्रतिक्रिया दिनुहोस्