Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट बच्न दूरी कायम गर्न WHO नेपाल कार्यालयको अपील

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड-१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबिच दूरी कायम गर्न अपील गरेका छन् ।

खोक्दा अथवा हाछिउँ गर्दा, छुँदा अर्को व्यक्तिमा संक्रमण भइरहेको र एक अर्काबिच दूरी कायम गर्नु नै सबैभन्दा सुरक्षित उपाय भएकाले सावधानी अपनाउन भ्याण्डेलरले अपील गरेका हुन् ।

संक्रमण कम गर्नका लागि एक अर्काबिच दूरी कायम गर्नु सबैभन्दा महत्वपूर्ण रहेको छ । तर मानिसहरुको भिडभाड बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि भ्याण्डेलरले दूरी कायम गर्न अपील गरेका हुन् ।

उनले भने, ‘कोभिड एक प्रकारको रोग हो यसले हामि सबैलाई असर गरेको छ । कोभिडको भाइरस हामीले खोक्दा अथवा छुदा अर्को व्यक्तिमा संक्रमण भैरहेको छ । यो रोग संक्रामक भए पनि जोगिनका लागि सजिलो उपायहरु छन् । हामीले एक अर्का बीच दूरी कायम गरेर यो रोगको संक्रमणलाई धेरै हदसम्म रोक्न सक्छौं । कम्तीमा १ मिटरको दूरी कायम गर्न सक्यौं भने मात्र पनि जोगिन सकिन्छ । हामी आफै संक्रमित भए अरुलाई पनि संक्रमण बनाउन सक्छौँ । तर हामीले काम ब्यबहारमा एक अर्का बीच दूरी कायम गर्न सके सक्रमण हुने झिनो सम्भावना मात्र हुन्छ। त्यसैले एक अर्का बीच दूरी बनाउनु धेरै महत्वपूर्ण छ । हामीले दूरी कायम गर्न सकेमा संक्रमण रोक्न, लकडाउन हुन नदिन, संक्रमण समुदायमा फैलनबाट रोक्न सकिन्छ । हाम्रो भौतिक दूरी संक्रमण रोक्ने एक अचुक कडी हो । यस्तै मास्कको प्रयोग अर्को सरल उपाय हो । यसले पनि संक्रमित व्यक्तिको सम्पर्कमा आइहालेमा रोक्न मद्दत गर्दछ । यस्तै अर्को सरल उपाय नियमित हात धुने पनि हो । हामीले दूरी कायम गर्न सके कसैलाई छुन पर्दैन । यसैले मेरो सबै नेपाली दाजु भाइलाई बिनम्र अनुरोध छ दूरी बढाऊ संक्रमित बाट जोगीऔँ । ’

प्रकाशित मिति: Aug 3, 2020

प्रतिक्रिया दिनुहोस्