Logo
४ बैशाख २०८१, मंगलबार
(August 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के हो प्लाज्मा थेरापी ? जान्नुहोस् कोरोना उपचार कसरी गरिन्छ ?

अहिलेको बर्तमान समयमा कोरोना महामारीले विश्वलाई नै थलापारिसकेको छ । जसको कारण ६ लाख ९८ हजार भन्दा बढी मानिसले कोरोनाको कारण ज्यान गुमाएका छन् ।

कोराना माहामारि विश्वभरिनै फैलिइसकेको छ । कोरोनाको अहिले सम्म पनि औषधी पत्ता लागेको छैन । यो रोगको रोकथाम र नियन्त्रणका लागि अनेकन प्रयास भइरहेका छन् ।

तर, प्रभावकारी रूपमा सफल हुन सकेको छैन । यहिले यो रोगको उपचारको लागि विकशित मुलुकहरु खोप निर्माणमा लागेका छन् तर पनि अझै खोप निर्माण भइसकेको छैन ।

कतिपय देशमा कोरोना भाइरसबाट मुक्त भएकाको प्लाज्मा अर्को कोरोना संक्रमितलाई प्रयोग पनि गरिएको छ । यसबाट रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढ्ने विश्वास गरिएको छ ।

जसलाई प्लाज्मा थेरापी भनिन्छ । नेपाल सरकारले पनि प्याज्मा थेरापीलाई प्रयोग गरेको छ । नेपालमा पहिलोपटक प्लाज्माथेरापीबाट कोरोना संक्रमितको सफल उपचार टिचिङ अस्पतालमा भएको छ ।

 प्लाज्मा थेरापी के हो ?

प्लाज्मा थेरापी कुनै पनि रोगविरुद्धको प्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीलाई रोगविरुद्ध लड्न सक्ने बनाउने अभ्यास हो ।

कुनै पनि बिरामीलाई प्रतिरोधी क्षमता बढाउन सक्ने प्लाज्मा दिँदा उसमा पनि रोग प्रतिरोधी क्षमता विकास हुने र थप शक्तिसँग बिरामीले रोगसँग लड्न सक्छ भन्ने मान्यता यो विधिमा छ ।

यसको लागि एन्टिबडी विकास भएका मानिसको रगतबाट प्लाज्मा निकालिन्छ र त्यसलाई बिरामीको शरीरमा पठाइन्छ ।

यो विधिबाट बेलायत, भारतलगायतका मुलुकहरुमा कोरोना भाइरस (कोभिड–१९) का बिरमीको उपचारको प्रयास गरिएको थियो । उक्त उपचारको प्रयासमा केही सकारात्मक नतिजा आएको भए पनि यसले उत्साहजनक नतिजा भने दिन सकेको छैन । यो विधिले बिरामीलाई छिटो निको पार्न सहयोगी भूमिका मात्र निर्वाह गर्ने विशेषज्ञहरूले बताउँदै आएका छन् ।

सन् १८९० मा पहिलोपटक यो विधिको प्रयोग गरिएको थियो । सन् २०१४ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले इबोलाको उपचारको लागि पनि यो विधिको सिफरिस गरेको थियो ।

के हो प्लाज्मा थेरापी रु कसरी गरिन्छ रु थेरापीबाट निको हुन्छ त रु प्लाज्माले कति समय काम गर्छ रु निको भएको एक व्यक्तिको प्लाज्मा धेरैलाई मिल्छ कि मिल्दैन रु कोरोना निको भएकाको शरीरबाट कति समयमा प्लाज्मा झिक्नुपर्छ रु

यिनै विषयमा हामीले इपिमिडियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। बाबुराम मरासिनीसँग कुरा गरेका छौँ ।

रगतबाट प्लाज्मा छुट्याउने

कसैलाई प्लेटलेट चाहिने हुन सक्छ । कसैलाई प्लाज्मा चाहिने हुन्छ । रगतबाट जे चाहिने हो, त्यो छुट्याउने । अहिले कोरोना बिरामीको लागि प्लाज्मा चाहिने हो । त्यही प्लाज्मा कोरोनाका जटिल बिरामीलाई दिइन्छ ।

भाइरस मार्न प्लाज्मा थेरापी

आफ्नो शरीरमा रोगसँग लड्ने शक्ति उत्पादन नभएपछि अर्कोको शक्तिलाई प्रयोग गर्ने हो । भाइरसलाई मार्न प्लाज्मा काम लाग्छ । एक व्यक्तिको प्लाज्मा अर्कोलाई दिनु भनेको कुनै पनि देशको आर्मी पुलिसले काम गर्न सकेन भने संकटको बेला अरु देशको सेना पुलिस बोलाएजस्तै हो ।

४ देखि ६ हप्ताभित्र प्लाज्मा झिक्नुपर्छ

कोरोना भाइरस निको भएको व्यक्तिबाट ४ देखि ६ हप्ताभित्र प्लाज्मा लिइसक्नुपर्छ । कोरोना भाइरस शरीरमा नभएको र तङ्ग्रिदै गरेको व्यक्तिबाट लिने हो । प्लाज्मा थेरापी गर्दा भाइरस जाने सम्भावाना पनि हुन्छ । त्यसलाई जाँच गरेर क्क्रिनिङ गरेर मात्र प्रयोग गर्नुपर्छ ।

क्रस म्याच गर्नुपर्छ

कोरोना ठीक भएको व्यक्तिको प्लाज्मा सबैलाई मिल्दैन । रगत दिएको जस्तो होइन । तर, यसका लागि पनि क्रस म्याच भने गर्नुपर्ने हुन्छ । पहिलो पटक दिएको डोजले काम गर्‍यो भने फेरि प्रयोग नगर्न पनि सकिन्छ ।

यदि काम गरेन भने अर्को पटक पनि दिन सकिन्छ । अर्काको शरीरबाट हालिएको प्लाज्माले धेरै समय भने काम गर्दैन । अर्काको प्लाज्मा एक्टिभ होइन प्यासिब हो । लामो समयसम्म यसले काम गर्दैन ।

कसलाई काम लाग्छ प्लाज्मा थेरापी ?

तर, सिरियस बिरामीका लागि प्रयोग गर्न सकिन्छ । अंग प्रत्यारोपण भई औषधि खाइरहेका र क्यान्सर रोगका बिरामीसँग इम्युनिटी पावर कम हुने भएकाले त्यस्ता बिरामीलाई कोरोना भाइरस लागेमा प्लाज्मा थेरापीको प्रयोग गर्न सकिन्छ ।

जटिल प्रकारका बिरामीको शरीरमा एन्टिबडी उत्पादन हुन गाह्रो हुने भएकाले प्लाज्माको प्रयोग गर्न सकिन्छ । (पत्रपत्रिका)

प्रकाशित मिति: Aug 2, 2020

प्रतिक्रिया दिनुहोस्