Logo
१२ श्रावण २०८१, शनिबार
(August 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पछिल्लो २४ घण्टामा थपिए २४६ जना कोरोना संक्रमित, १ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

उनका अनुसार कोरोनाका सक्रिय संक्रमित संख्या आइतबार पाँच हजार ६७२ जना छन् । पछिल्लो २४ घण्टामा आठ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको उनले जानकारी दिए ।

यसैबीच पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पर्सा जिल्ला विरगंञ्ज बस्न ६८ वर्षकी महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

उनका अनुसार साउन १७ गते ति महिलाको मृत्यु भएको हो । उनमा स्वासप्रश्वास ,ज्वरो र खोकीको समस्या देखिएपछि नारायणी बयोधा अस्पतालको आइसियुमा भर्ना भएकी महिलाको अवस्था जटिल बनेपछि नारायणी कोभिड अस्पताल रिफर गरेर ल्याउने क्रममा बाटोमै मृत्यु भएको उनले जानकारी दिए

। ती महिलमा कोरोना संक्रमण गत साउन १६ गते पुष्टि भएको थियो । उक्त मधुमेह विरामी समेत रहेको उनले बताए । यी महिलासँगै नेपालमा कोरोना मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा आइतबार ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ११ जना र ललतिपुरका ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका आठ जना, वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा ललितपुरमा एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको उनले बताए ।

उनका अनुसार नेपाल प्रहरीका अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौका दुई जना र स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ललितपुरका तीन जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरिया मैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा भक्तपुरका एक जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।

प्रकाशित मिति: Aug 2, 2020

प्रतिक्रिया दिनुहोस्