Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् पुजा गर्दा श्राप मिल्ने शिवको मन्दिर !

संसारको सृष्टि देखिनै मानीसले भगवान र मन्दिर प्रति आस्था राखेका हुन्छन् । देश र विदेशमा जति पनि मन्दिर छन् त्यसप्रति भक्तजनहरुले आस्था रहेको हुन्छ जुन सुकै धर्ममान्य व्यति भएपनि उसले आस्था राखेको हुन्छ ।

भगवानको भक्तहरुले पिडाबाट मुक्ति पाउन, सुख, शान्ती र समृद्धि पाउनको लागि मन्दिर जान्छौ । तर कतिपय अवस्थामा कुनै मन्दीरमा हामीले पुजा गरेउ भने हामीलाई आशिषको सटा श्राप पाउने गर्दछौ ।

आज हामी यस्तो मन्दिरको बारेमा कुरा गर्छौ जुन मन्दिरमा पुजा गर्ने भक्तजनहरुलाई आर्शिवाद नभई श्राप प्राप्त हुन्छ ।

यो भारतको उत्तराखण्ड राज्यको पिथौरागढमा अवस्थित छ । यो एउटा भगवान शिवको मन्दिर हो । मन्दिरमा भगवानको स्थापना भएपनि कसैले पुजा गर्दैनन् ।

त्यहाँका मानिसहरु श्राप लाग्ने डरले शिवले श्राप दिने भएको विश्वास गर्दै पुजा गर्न डराउछन् । शिवको मन्दिर बनाएर राखेको भएपनि हालसम्म तर शिवको प्राण प्रतिष्ठा गरेकै छैनन् ।

चट्टानलाई फोरेर शिव लिंगको निर्माण गरेका थिए । मन्दिरमा पुजा नगर्नुको कारण मन्दिर बनाउने मुर्तिकारले शिवलिंग गलत दिशामा स्थापित गरेकाले शिवलिंगको पुजा गरे दोष मानिन्छ ।

विपरित दिशामा शिवलिंगको पुजा फलदायक नहुने र कष्टदायी मानिन्छ । त्यहाँ आएका मानिसहरुले पुजा गर्दा दोष लाग्ने भएको कारण देखाउँदै पुजा गर्न नहुने बताएका छन् ।

हाल मन्दिरको अवलोकन गर्नलाई मानिसहरु टाढा टाढा बाट आउँछन् तर पुजा भने गर्दैनन् । मानिसहरुले मन्दिरको बनावट हेरेर फर्कने गरेका छन् जसलाई एक मात्र हात भएका एक व्यक्तिले (शिल्पकार) ले मात्र निर्माण गरेको कारण मन्दिर झन चर्चित रहेको छ र उक्त मन्दिरको नाम हथिया देवाल राखिएको विश्वास मानिएको छ । एजेन्सी

 

प्रकाशित मिति: Aug 2, 2020

प्रतिक्रिया दिनुहोस्