Logo
१३ बैशाख २०८१, बिहीबार
(August 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बामदेवले छ बुँदे प्रस्ताव राखि धोका दिएको प्रचण्ड-माधवको निष्कर्ष

पछिल्लो समयमा केही दिन देखि नेपका भित्र प्रधानमन्त्रीको राजिनामाको विषयलाई लिएर आन्तरिक विवाद चर्कीरहेको अवस्थामा नेकपाका उपाध्यक्ष गौतमबाट धोका भएको प्रचण्ड-नेपाल,झलनाथ खनालले निष्कर्ष निकालेका छन् ।

विश्वस्त स्रोतका अनुसार तीनैजना नेताहरुले उपाध्यक्ष गौतमबाट धोका भएको निष्कर्ष निकालेका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल अझै पनिओलीको राजीनामा मागको विषयमा हटेका छैनन् ।

आन्तरिक बैठकमा नेता नेपालले गौतमबाट विगतमा पनि धोका भएको र फेरि धोका भयो भन्दै नेता अब पत्याउन नसकिने बताएका थिए ।

राजीनामा माग्ने समुहका उपाध्यक्ष बामदेव गौतम यु टर्न भई ओलीलाई फाइदा हुने गरी प्रस्तुत भएपछि प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल नयाँ रणनीति बुन्न सक्रिय भएका हुन् ।

प्रचण्ड र माधव नेपाल आन्तरिक छलफल गर्दै भावी रणनीति तय गर्न लागेका छन् । प्रचण्डले पनि गौतमले सारेको छ बुँदे प्रस्तावमा शंका व्यक्त गरेका छन् ।

ओलीलाई गलाउँदै लगिएको अवस्थामा एकाएक गौतमले छ बुँदे प्रस्ताव सारेर पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैमा रहन दिने विषय उल्लेख गरेका थिए ।

उनले एउटा बुँदामा मात्र प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टीको सम्पूर्ण जिम्मेवारी दिने विषय राखेका थिए । प्रचण्डलाई फकाउन यो बुँदा राखिएको ओलीइतरको समुहको बुझाई छ ।

ओली यसमा सहमत भएका छन् । उनका निकटस्थले बामदेवको प्रस्ताव नै सहमतिको बिन्दु हुनसक्ने बताएबाट यो तयार गर्न ओली पक्षकै नेताहरु सक्रिय भएको प्रचण्ड र माधव समुहको निष्कर्ष छ ।

सहमतिको छ बुँदा ल्याएपछि प्रचण्ड र माधव नेपाल सहमत छैनन् । विशेषगरी वरिष्ठ नेता माधव नेपाल वार कि पार मै जान चाहिरहेका छन् ।

ओली पक्ष पनि प्रचण्ड गल्ने अवस्थामा पुगिसकेको तर नेता नेपालका कारण माहोल अनुकूल नबनेको बुझाईमा छ । अहिले ओलीसँग प्रचण्डको भन्दा माधव नेपालको टकराव बढेको छ ।

अहिले देखि नै नेताहरुले केन्द्रीय कमिटीको अंकगणितलाई ध्यान दिन थालिसकेका छन् । अब अन्तिम फैसला केन्द्रीय कमिटीमै हुनसक्ने अवस्था सृजना भएको छ ।

स्थायी कमिटी बैठकबारे अन्यौल भइरहँदा प्रचण्ड नेपाल पक्षले केन्द्रीय कमिटी बैठकका लागि हस्ताक्षर बुझाएको छ । विधान अनुसार अबको २० दिनभित्र बैठक बस्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: Aug 2, 2020

प्रतिक्रिया दिनुहोस्