Logo
१२ बैशाख २०८१, बुधबार
(August 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफए कपको उपाधि

चेल्सीलाई हराउँदै आर्सनलले १४ औँ पटक एफए कपको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा चेल्सीलाई २-१ ले पराजित गरी आर्सनलले कीर्तिमानी १४ औँ पटक एफए कपको उपाधि जितेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि दुवै गोल पिएर एमरिकले गरेका हुन् । उनले २८ औँ मिनेटमा पाएको पेनाल्टी र ६७ औँ मिनेटमा गोल गरे ।

क्रिष्टियन पुलिसिकले पाँचौँ मिनेटमा गरेको गोलबाट सुरुवाति अग्रता लिएको चेल्सीले त्यसलाई जोगाउन सकेन। ७३ औँ मिनेटमा कोभासिक दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

पूर्व खेलाडी मिकेल आर्तेताले प्रशिक्षकका रुपमा पहिलो सिजनमै प्रमुख उपाधि जितेका हुन्। जित निकालेको आर्सनलले आउँदो सिजन युरोपा लिगका लागि स्थान पक्का पनि गरेको छ।

प्रकाशित मिति: Aug 2, 2020

प्रतिक्रिया दिनुहोस्