Logo
७ बैशाख २०८१, शुक्रबार
(July 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुपाल्चोकमा जलविद्युत् आयोजनामा भीषण पहिरो, मानव बस्तीसमेत जोखिममा

सिन्धुपाल्चोक : नेसनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ ।

पाँचपोखरी थाङ्पाल-८, तिपेनीमा रहेको ७।५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको बाँधस्थलमा बिहीबार राति २ बजेतिर पहिरो खसेकोे थियो ।

पहिरोले आयोजनाको सुरुङमार्गको मुख्य प्रवेशद्वार, फ्लसिङ सिस्टम (पोखरीबाट बालुवा फाल्ने) तथा पोखरीलाई पूर्णरूपमा क्षति पुर्‍याएको छ । पहिरोले तिपेनीबजार तथा पहिरोमाथिको मानव बस्तीसमेत जोखिममा परेको छ ।

निरन्तरको वर्षा तथा पाँचपोखरी पर्यटनमार्गको निर्माण र विस्तारका कारण उक्त क्षेत्रमा यसअघि पनि पहिरो खस्दै आएको थियो । पहिरोका कारण सवारी साधन तथा मानिसको आवत-जावतसमेत बन्द भएको छ । उक्त स्थानमा वैकल्पिक बाटोसमेत नहुँदा सयौं मानिस बीचबाटोमै अलपत्र परेका छन् ।

पहिरोका कारण अलपत्र मानिसको उद्धार तथा अवरुद्ध बाटो खुलाउन तत्काल लागिपर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: Jul 31, 2020

प्रतिक्रिया दिनुहोस्