Logo
२८ असार २०८२, शनिबार
(July 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारबाट ५२ जना आन्दोलनकारी पक्राउ

कोरोना भाइरसको संक्रमण दिन प्रति दिन बढ्दै गर्दा ‘पीसीआर’ परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने माग राख्दै शुक्रबार बालुवाटारमा आन्दोलन गरेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले रन्जु दर्शना, ज्ञानेन्द्र शाहीलगायतका युवाहरुलाई बालुवाटार र भाटभटेनीवाट पक्राउ गरेको छ । ‘इनफ इज इनफ’ अभियानका युवाहरुले नारा लगाउँदा निषेधित क्षेत्र उल्लंघन गर्न खोजेपश्चात् प्रहरीले ५२ जना युवाहरुलाई पक्राउ गरेको हो ।

‘मोतियाविन्दु हाम्रो आँखामा होइन, तपाइँको आँखामा लागेको हो स्वास्थ्यमन्त्रीज्यू’, ‘कोरोना रोकथाममा लापरबाही गर्न पाइँदैन’जस्ता नारा उनीहरुले लगाएका थिए ।

प्रकाशित मिति: Jul 31, 2020

प्रतिक्रिया दिनुहोस्