Logo
११ बैशाख २०८१, मंगलबार
(July 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना अपडेट : आज कुन जिल्लामा कति संक्रमित भेटिए ?

काठमाडौं : नेपालमा आज थप २२४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका १३, मोरङका १५, धनुषाका १, बाराका ४, सर्लाहीका १, पर्साका ४१, रौतहटका ३, बझाङका २५, कैलालीका १५, काठमाडौँका ३२, नुवाकोटका २, ललितपुरका ५, भक्तपुरका १, नवलपरासीका २, मकवानपुरका १ जना रहेका छन् ।

यस्तै दार्चुलाका १६, कञ्चनपुरका १८, सप्तरीका १, कास्कीका ३, म्याग्दीका २, तनहुँका १, गुल्मीका २, रुपन्देहीका १, बाँकेका १, दैलेखका २, दाङका ३, बैतडीका १० तथा डोटीका ३ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना भाईरसको संक्रमण निको भएर थप १५१ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १४ हजार ३ सय ९९ पुगेको छ।

प्रकाशित मिति: Jul 31, 2020

प्रतिक्रिया दिनुहोस्