Logo
८ बैशाख २०८१, शनिबार
(July 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिटिइभिटीका प्रशिक्षक/शिक्षकहरुले बनाए संगठन

प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (सिटिइभिटी) का प्रशिक्षक/शिक्षकहरुले ब्यवसायिक अधिकार केन्द्रित संगठन बनाएका छन् ।

नेपालभरका सिटिइभिटीका शिक्षक/प्रशिक्षकहरूलाई संगठित गरी तिनीहरुको पेशागत आत्मसम्मान, सुरक्षा, अधिकार र मर्यादा सुनिश्चित गराउनेलगायतका उद्देशय सहित यो संगठन बनाएका हुन् ।

डा.सीके सिंहको अध्यक्षतामा गठित उक्त केन्द्रिय कार्य समिति १५ सदस्य रहेको छ । जस्को उपाध्यक्षमा संजय बस्नेत, महासचिवमा राजन मानन्धर, कोषाध्यक्षमा लिनु थापा, सह कोषाध्यक्षमा, मोनिका श्रेष्ठ र सचिवमा जीत बहादुर बस्नेत रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा सुजाता खड्का, शोभा हुमागाइ, दिपेश लामा, सुवर्ण बुढाथोकी, विष्णु प्रसाद कँडेल, नुमकान्त पराजुली, कल्पना बस्याल, जगन्नाथ प्रसाद शाह र अनुराज अनु रहेकाछन् ।

सिटिईभिटि टिचर्स सोसाईटी अफ नेपाल नाम दिइएको उक्त संगठनको केन्द्रिय कार्यालय देशको संघीय राजधानी काठमाण्डौमा रहको छ । यस्को प्रदेशिकदेखि स्थानीय स्तरका प्राविधिक शिक्षालयसम्म समिति बनाइने अध्यक्ष सिंहले बताए ।

स्थानीय स्तरसम्म संस्थाको सदस्यता वितरण गर्दै संगठनलाई राष्ट्रब्यापी बनाइने महासजिव मानन्धरले बताए । उनका अनुसार सिटिईभिटि टिचर्स सोसाईटी अफ नेपालले निम्न उद्देश्यहरुमा केन्द्रित रहि कृयाशिल रहनेछन् :

संस्थाको उद्देश्यहरु
(क) यो संस्था मुनाफा रहित जनहितकारी संस्था हुने छ ।
(ख) नेपालभरीका सिटिइभिटीका शिक्षक तथा प्रशिक्षकहरूलाई संगठित गरी तिनीहरुको पेशागत आत्मसम्मान,सुरक्षा,अधिकार र मर्यादा सुनिश्चित गराउने र उनीहरूलाई सम्मानजनक र सन्तोषजनक काम गर्ने वातावरण निर्माण, हकहितको संरक्षण र संवद्र्धन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।
(ग) सिटिइभिटीको शिक्षक तथा प्रशिक्षकहरूको जीवनमा सफलता र पेशामा सन्तुष्टि प्राप्त गर्न ज्ञान, शिप र क्षमताको विकास गरी प्राविधिक शिक्षा र शिक्षक पेशालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा मर्यादित र गतिशील बनाउन विभिन्न कार्यहरु गर्ने ।
(घ) सिटिइभिटीका शिक्षक तथा प्रशिक्षकहरूलाई लाई दैनिक जीवनमा आइपर्ने समस्याहरूको समाधानमा सहयोग गर्ने ।
(ङ) सिटिइभिटीका शिक्षक तथा प्रशिक्षकहरूको समग्र विकाससँग सम्बद्ध सरकारी,निजी तथा गैरसरकारी संघ संस्था तथा निकायहरुलाई नीती निर्माण, योजना तर्जुमा,कार्यान्वयन तथा मूल्यांकन सम्बन्धी समसामायिक विषयमा सल्लाह–सुझाव दिने, सहयोग गर्ने र समन्वयात्मक ढंगले कार्य गर्ने ।
(च) प्राबिधिक शिक्षा सेवालाई दिशा निर्देश गर्न, शिक्षक तथा प्रशिक्षक व्यवसायीको दायित्व पूरा गर्न, र प्राबिधिक सेवाको पहुँच बढाउन शिक्षण पेशा सम्बन्धी विभिन्न सवालहरुमा बहस पैरबी गर्ने र अध्ययन–अनुसन्धान गर्ने ।
(छ) प्राबिधिक शिक्षा क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरुसँग सम्वन्ध कायम राखी प्राबिधिक शिक्षकहरूको सञ्जाल स्थापना गरेर सम्वद्ध पेशा एवं व्यवसायको हकहित संरक्षण, सम्वद्र्धन तथा विकास गर्नका लागि उपलव्ध स्रोत साधन र अनुभवको आदान प्रदान गर्ने ।
(ज) सिटिइभिटीमा अध्यनरत बिद्यार्थीहरुको हक हितको आवश्यक लागि पहल गर्ने ।
(झ) विद्यार्थी, अभिभावक, शिक्षाविद् र समाजसेवीहरू तथा संघ संस्थाहरूसँग उपरोक्त दृष्टि र दर्शनहरूमा सहकार्य र विचार तथा अनुभवहरूको आदन प्रदान गर्ने ।
(ञ) सिटिइभिटीमा अध्यनरत बिद्यार्थी तथा शिक्षकहरूको शिप विकासको लागि आवश्यक पहल गर्नुको साथै साहित्य लेखन, प्रकाशन, वितरण, गोष्ठी,सभा ,सेमिनार आयोजन, सम्मान आदि गर्ने ।
(ट) सिटिइभिटी तथा सिटिइभिटीसंग आबद्ध क्याम्पसहरु संग समन्वय गरि प्राबिधिक शिक्षालाई अझ गुणस्तरीय बनाउन आबश्यक पहल गर्ने ।
(ठ) संचार सित सम्बन्धित कार्यक्रमहरुको प्रस्तुति, प्रशिक्षण, प्रदर्शन तैयारी आदि गर्ने ।
(ड) देशमा दैवियप्रकोपको कारणले सिर्जना भएको प्रतिकुल परस्थितिमा आवश्यक सहयोग गर्न पहल गर्ने ।
(ढ) कार्यक्रम संचालन गर्नु पूर्व सम्बन्धीत सरोकारवाला निकायको पूर्व स्वीकृति लिइने ।

प्रकाशित मिति: Jul 31, 2020

प्रतिक्रिया दिनुहोस्