Logo
७ बैशाख २०८१, शुक्रबार
(July 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा विषाक्त मदिरा सेवनबाट २१ जनाको मृत्यु

छिमेकी देश भारतको पञ्जाब अन्तरगत(अमृतसर, बटाला र तरनतारन)मा विषाक्त मदिरा सेवनबाट २१ जनाको मृत्यु भएको छ।

प्रहरीले विषाक्त मदिरा बनाउने केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको अनुसन्धानका लागि कमिटी गठन गरेको जनाएको छ। प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।

पञ्जाब प्रहरीका अनुसार बुधबार (जुन २९)को राति अमृतसरको ग्रामिण थाना तिरसिक्कको मुच्छल र तंग्रामा पाँच जनाको मृत्यु भएको थियो।

यस्तै बिहीबार साँझ मुच्छलमा थप दुई जनाको मृत्यु भएको थियो। त्यसपछि मुच्छलमा फेरि दुई जनाको मृत्यु भएको थियो।

यस्तै बटालामा विषाक्त मदिराबाट हालसम्म ७ जना र तरनतारनमा चारजनाको मृत्यु भइसकेको छ।यसका साथै अमृतसरको तिरसिक्क थानाका एसएचओ (स्टेशन हाउस अफिसर) लाई निलम्बन गरिएको छ।

यस विषयमा छानविन गर्न पञ्जावका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले निर्देशन दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

छानविनमा दोषी देखिएकाहरुलाई कडा कारबाही गर्ने मुख्यमन्त्री सिंहले बताएका छन्।

प्रकाशित मिति: Jul 31, 2020

प्रतिक्रिया दिनुहोस्