Logo
१३ बैशाख २०८१, बिहीबार
(July 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य हाल सम्मकै उच्च : तोलाको ९९ हजार ३ सय पुग्यो

काठमाडौं : सुनको मूल्य उकालो लाग्ने क्रम आज पनि जारी छ । नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले बढेर ९९ हजार ३ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । हिजो पनि ५ सयले बढेर ९९ हजारमा कारोबार भएको थियो । सुनको मूल्य लगातार उकालो लागेर तोलाको १ लाख नजिक पुगेको छ ।

अघिल्लो सातासम्म पनि ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा ९९ हजार ३ सय पुगेको हो । साता दिनमै सुन ३५ सयले महंगिएको छ । आज चाँदीको मूल्य भने २५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Jul 31, 2020

प्रतिक्रिया दिनुहोस्