Logo
१२ श्रावण २०८१, शनिबार
(July 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई निकास दिने तत्परतासहित छलफल गर्न प्रचण्डको प्रस्ताव

यतिबेला नेकपाभित्र आन्तरिक विवाद चर्कीरहेको अवस्था नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीसामु निकास दिने अब आउने बैठकमा निकास दिने तत्परतासहि गम्भीर छलफलमा बस्न प्रस्ताव गरेका छन् ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्डले बिहीबार महासचिव विष्णु पौडेललाई बोलाएर कुराकानी गरेका थिए । स्रोतका अनुसार प्रचण्डले महासचिव पौडेललाई निकास दिने तत्परतासहित गम्भीर छलफलका लागि पहल गर्न आग्रह गरेका छन् ।

‘म केही पनि गर्दिनँ, पार्टी र सरकार यसरी नै चल्छ भन्ने ठाउँबाट निकास दिन अर्का अध्यक्ष (केपी ओली) तयार हुनुपर्छ’ प्रचण्डले महासचिव पौडेललाई भनेको थिए, ‘त्यस अनुसार भेटघाट र छलफलका लागि समय मिलाउनुस् ।’

प्रचण्ड महासचिव पौडेलको जवाफको पर्खाइमा रहेको उनी निकट एक नेताले बताएका छन् ।

मंगलबार बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रुपमा स्थगित गरेपछि प्रचण्डको अध्यक्षमा बहुमत स्थायी कमिटीको बैठक बसेको थियो र, यसरी बैठक स्थगित गर्नु अनुचित भएको ठहर गरेको थियो ।

साथै पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखेर ओलीसँग छलफल गरी बैठक सुचारु गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो । तर दुई अध्यक्षबीच सम्वाद भएको छैन ।

प्रकाशित मिति: Jul 31, 2020

प्रतिक्रिया दिनुहोस्