Logo
२६ बैशाख २०८१, बुधबार
(July 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ सरकारद्वारा कोरोना नियन्त्रणका लागि थप सात करोड निकासा

प्रदेश नं २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि बिहीबार सात करोड निकासा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोभिड अस्पताल निर्माण गर्न र हाल सञ्चालनमा रहेका आइसोलेसनकक्षको थप व्यवस्थापन, बिरामीको खाना-खाजा र श्ययाको सङ्ख्यामा वृद्धिलगायतका लागि सो रकम निकासा गरेको जनाएको छ ।

बाराको सिमरामा कोभिड अस्पताल निर्माण गर्न  एक करोड ७५ लाख, पर्सामा कोभिड अस्पतालको निर्माण एवं शववाहन तथा एम्बुलेन्स खरिदका लागि एक करोड ५० लाख, रौतहट, सप्तरी र सर्लाही जिल्लामा आइसोलेसनकक्षको व्यवस्थापनका लागि ७५/७५ लाख तथा धनुषा, महोत्तरी र सिरहाका लागि  ५०/५० लाख निकासा गरिएको छ ।

आवश्यकताको आधारमा जिल्लाबाट माग भएबमोजिम थप रकम व्यवस्थापन गरिने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Jul 31, 2020

प्रतिक्रिया दिनुहोस्