Logo
१२ श्रावण २०८१, शनिबार
(July 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी प्रधान कार्यालयका थप ९ जनामा कोरोना संक्रमण पुष्टि

प्रहरी हेडक्वार्टर कार्यालय नक्सालका थप ९ जना प्रहरीमा आज कोरोना संक्रमण पुष्टि भएको छ

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले थप ९ जना संक्रमित थपिएको पुष्टि गरे।उनले थपिएका संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको जानकारी दिए।

नयाँ थपिएका संक्रमितहरू पनि यसअघि संक्रमण पुष्टि भएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने छन्।

मुख्यालयमै संक्रमणको जोखिम बढेपछि थप सतर्कता अपनाइएको छ। प्रवक्ता कडायतले संक्रमितहरू बस्ने ब्यारेक र भान्सा नै सिल गरिएको बताए।

यस्तै थप कन्ट्याक्ट ट्रेसिङको काम पनि भइरहेको छ। संक्रमित संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: Jul 30, 2020

प्रतिक्रिया दिनुहोस्