Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभर कोरोनाबाट ६ लाख ७० हजारको मृत्यु, संक्रमितको संख्या १ करोड ७१ लाख पुग्यो

अहिले विश्वनै कोरोना माहामारीबाट ग्रसित भएको अवस्थामा पछिल्लो तथ्यांक अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख ७० हजार पुगेको छ ।

साथै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७१ लाख पुगेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । त्यहाँ ४५ लाख ६८ हजार संक्रमित संख्या पुगेको छ जसमध्ये एक लाख ५३ हजारको मृत्यु भइसकेको छ ।

ब्राजिलमा २५ लाख ५५ हजार संक्रमितमध्ये ९० हजारको मृत्यु भएको छ । भारतमा १५ लाख ८४ हजार संक्रमितमध्ये ३५ हजारको मृत्यु भइसकेको छ ।

रुसमा ८ लाख २८ हजार संक्रमित संख्या पुगेको छ । त्यहाँ १३ हजार ६ सयको मृत्यु भएको छ ।

प्रकाशित मिति: Jul 30, 2020

प्रतिक्रिया दिनुहोस्