Logo
३० असार २०८२, सोमबार
(July 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरिता गिरिको स्थानमा लीलादेवी सिटौलाले लिइन् पद तथा गोपनीयताको सपथ [तस्बिरहरू]

समाजवादी पार्टीबाट बर्खास्त भएकी सांसद सरिता गिरिको स्थानमा लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ सपथ लिएकी छन्। सभामुख अग्निप्रसाद सापकोटाले बुधबार सांसद सिटौलालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्।

सरिता गिरीलाई सांसदबाट फिर्ता बोलाएपछि जसपा समाजवादी पार्टीबाट हाल जसपा बनेको उक्त पार्टीले ललितपुरकी सिटौलालाई प्रतिनिधिसभा सदस्य बनाएको थियो।

निर्वाचन आयोगले सिटौला सांसद निर्वाचित भएको घोषणा गरेपछि उनलाई बुधबार सपथ खुवाइएको हो। समानुपातिक तर्फ पार्टीले बुझाएको बन्द सूचीमा सिटौलाको नाम थियो।

गिरीले पार्टीको ह्वीप उल्लंघन गरेपछि कारबाहीमा परेकी थिइन्। लिम्पियाधुरा समेटिएको नक्सा निशान छापमा राख्न संविधान संशोधन प्रस्तावमाथि पार्टीले पक्षमा मत दिन ह्विप गरे पनि गिरीले अस्वीकार गरेपछि कारबाहीमा परेकी थिइन्।

हेर्नुस् तस्बिर :

 

प्रकाशित मिति: Jul 29, 2020

प्रतिक्रिया दिनुहोस्