दाङमा पहिरोलेपहिरोले घर पुरिँदा दुई जनाको मृत्युु
प्रदेश नं ५ स्थित दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका-५ साकिने निवासी २६ वर्षीया बाटुली नेपाली र उनका दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गए राति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । घरमा परिवारका अन्य सदस्य रहेको भए पनि आधा मात्रै घर पुरिएकाले अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ ।
यस विषयमा थप विवरण आउन बाँकी छ ।