Logo
१२ बैशाख २०८१, बुधबार
(July 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सहयोगी ४ लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार लाख घुससहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका सहयोगी विश्वनाथप्रसाद लोध र स्थानीय महेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको छ ।

जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय बुटवलबाट गएको टोलीले उनीहरुलाई एक बैंकको शाखा कार्यालयबाट पक्राउ गरिएको हो ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: Jul 28, 2020

प्रतिक्रिया दिनुहोस्