Logo
२३ बैशाख २०८१, आईतबार
(July 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठूला घरनाले चलाएर बन्द गरेको श्रीराम सुगर मिल्सको सेयर किनबेच गर्न रोक

श्रीराम सुगर मिल्स लिमिटेडलाई बन्द गर्ने व्यवस्थापनले निर्णय गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले श्रीरामको सेयर कारोबार स्थगन गरेको छ ।

मिल्स निरन्तर नोक्सानमा गएको कारण देखाउँदै व्यवस्थापनले सधैका लागि बन्द गर्ने निर्णय गरेपछि दोस्रो बजार सेयर कारोबार स्थगनको निर्णय गरेको नेप्सेले जनाएको छ ।

करोडौं रुपैयाँ लगानी थपे पनि उद्योग टिकाइ राख्न नसकेको र सञ्चित नोक्सान बढेर २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ पुगेकोले उद्योग स्थायी रुपमा बन्द गर्ने निर्णय व्यवस्थापनले गरेका कारण सेयर कारोबार स्थगन गरिएको नेप्सेले स्पष्ट पारेको छ ।

नेप्सेमा श्रीरामको ३० लाख ४५ हजार ९९० कित्ता सेयर सुचिकृत छ । उद्योगको बजार पुँजीकरण १ अर्ब २ करोड ९५ लाख रुपैयाँ रहेको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति: Jul 28, 2020

प्रतिक्रिया दिनुहोस्