Logo
१२ श्रावण २०८१, शनिबार
(July 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी हेडक्वार्टरका थप २३ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित २७ पुग्यो

नेपाल प्रहरीको मुख्यालय नक्सालमै कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

२३ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितकाे संख्या २७ पुगेकाे प्रहरी प्रधान कार्यालयकाे स्राेतले बताएकाे छ।

उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत छन् ।

‘उनीलाई अब सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको छ’ शाहीले भने ।

प्रकाशित मिति: Jul 28, 2020

प्रतिक्रिया दिनुहोस्