Logo
१३ बैशाख २०८१, बिहीबार
(July 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् ! पाचन प्रणाली कसरी रामो बनाउने ?

अहिलेको आधुनिकतासँगै मानिसको चालचलन तथा खानपिनमा परिर्वतन भइरहेको छ । त्यसकारण मानिसको स्वास्थ्यमा धेरै समस्याहरु आउने गरेका छन् ।

आज हामी मुख्य गरेर पाचन प्रणाली कसरी राम्रो बनाउने ? भनेर तपाई सामु चर्चा गर्ने प्रयास गर्दछौ । स्वास्थ्य हाम्रो पाचनप्रणालीमा खराबी आउनुको खानपान र दिनचर्या नै हो ।

बिहान पेट सफा नहुनुको मुख्यकारण हामीले खाने खान तथा आनीबनीका कारण हुन्छ । यदि हामी समयमा स्वस्थकर खाना खान्छौं भने कुनै औषधी नखाई पनि समस्या समाधान हुन सक्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा हामीले राति सुत्नुभन्दा तीनघन्टा अगाडि नै खाइसक्नुपर्छ । अन्यथा क्यालोरी बर्न हुन पाउँदैन । खानामा फाइवरयुक्त कुराहरु अत्यधिक सेवन गर्नुपर्छ ।

दिनभरीमा ८ देखि १० गिलास पानी पिउनैपर्छ । साथै, दैनिक योग र व्यायाम गर्नु पनि आवश्यक छ ।यसबाट आन्द्राको राम्रोसँग सफाई हुन्छ ।

सुप

खाना खाएपछि सुप सेवन गर्दा पनि धेरै फाइदा मिल्छ । यसले आन्द्रालाई राम्ररी सफा गर्छ । यसको सेवनबाट पेट सँधै सफा रहन्छ । साथै पेटमा ग्यास जम्मा हुन पाउँदैन ।

अमलाको धुलो

दैनिक सुत्नुभन्दा अगाडि एक चम्चा अमला पाउडर सेवन गरेर अपचको समस्याबाट छुटकारा पाउन सकिन्छ । यसबाहेक तपाईं त्रिफला चुर्ण पनि लिन सकिन्छ ।

सलाद

पेट सफा नहुने समस्या भोगिरहेका व्यक्तिहरुले बढिभन्दा बढि सलाद सेवन गर्नुपर्छ । सलादमा मुला, गाजर, टमाटर, चुकन्दर, काँक्रो आदि हाल्न सकिन्छ । यसमा फाइबरको मात्रा धेरै हुन्छ जसले आन्द्रालाई राम्ररी सफा हुन्छ ।

मोही

मोहीमा औषधीय गुण रहेको हुन्छ । खाना खाएपछि पानी पिउनुको साटो मोही पिउनुपर्छ । यसबाट बिहानको समयमा पेट बिल्कुल सफा हुन्छ । यसको सेवन बिहानको खानापछि गर्नु राम्रो मानिन्छ ।

पानी

ध्यानमा राख्नुपर्ने कुरा के हो भने खाना खाने क्रममा कहिल्यै पनि पानी पिउनु हुँदैन । आयूर्वेदका अनुसार खानासँगै पानी पिउनु हानिकारक हुन्छ । जहिले पनि खाना खाएको ४० मिनेटपछि पानी पिउनुपर्छ । यसले पाचनयन्त्र ठिक हुन्छ । खाना पनि सजिलै पच्छ । यसका अलावा दिनभरी पटक पटक पानी पिइरहनु पर्छ ।

बज्रासन

यसले आमाशय, पेट र गर्भाशयको पांसपेशीहरुलाई शक्ति प्रदान गर्छ । हर्नियाका रोगीहरुलाई यो आसन अत्यन्त प्रभावकारी हुन्छ । वजनलाई कम गर्न र शरीरलाई सुडौल बनाउन पनि यो आसनले मद्दत गर्छ ।

 बज्रासन गर्ने तरिका

खाना खाएपछि चकटी ओछ्याएर बसौं । दुवै घुँडालाई मोड्ने र हत्केलाको बलले बस्नुपर्छ । दुवै खुट्टाका औंलाहरु आपसमा मिलेको हुनुपर्छ र कुरकुच्चामा अलिकति दूरी हुनुपर्छ । शरीरको पूरै भार खुट्टामा सार्ने । बज्रासन गर्ने क्रममा कम्मरलाई एकदम सिधा राख्नुपर्छ । यही अवस्थामा दस मिनेट बस्ने र लामो–लामो सास लिनुपर्छ । बज्रासनको दौरान शरीरको मध्यभागमा सबैभन्दा बेसी दवाव पर्छ । यसबाट पेट तथा आन्द्रामा हल्का दबाब पर्छ जसले गर्दा कब्जियतको समस्या हट्छ।

स्वाद लिएर खाने

कुनै पनि खानाको आआफ्नो स्वाद वा विशेषता हुने गर्दछ । तर खाना खाएको बेला यसको स्वादको मिठास लिन सकिएन भने यसबाट प्राप्त हुने आवश्यक मात्राको पौष्टिक सहित खानेकुराको मात्रा समेत असमान हुन्छ । जसले पाचन प्रणाली बिर्गान सक्छ ।

अन्यत्र भुलेर नखाने

कहिले काहिँ हामी अन्यत्र भुलेर वा काम गर्दै खादाँ हामी अत्यधिक मात्रामा खानेकुरा खाने गर्दछौ । जसलाई पचाउन गाह्रो हुन्छ । तसर्थ टेलिभिजन हेर्दै, गित सुन्दै वा भलाकुसारी गर्दै खानु हुदैन । यसले हाम्रो पाचन क्षमतामा हानि पार्दछ ।

अत्यधिक नखाने

केहि मानिसमा जुनसुकै समयमा जति भए पनि खाने बानि हुन्छ । भर्खर खाना खाएको मानिसले पनि कतै भोज वा भत्तेर भेटेमा फेरी खाने गर्दछन् । सबैमा यो बानि लागु नहुन सक्छ । तर यस्तो बानि छ भने यसलाई तत्काल छाड्नु पर्दछ ।

चिसो पेय नपिउनुहोस्

केहि मानिसमा चिसो पेय पर्दाथ अर्थात कोल्ड ड्रिंकको सेवन गर्ने लत झै हुन्छ । तर पाचन प्रणालीका लागी यो सबैभन्दा हानिकारक मानिन्छ । साथै बजारमा पाइने फास्टफूडको सेवन पनि पाचन प्रणालीका लागी लाभदायक मानिदैन । यसले हाम्रो शरीरमा नराम्रो कोलोस्टोरको मात्रा बढाउँनुका साथै वोसो समेत बढाउँछ ।

सहि समयमा भोजन

पाचन प्रत्रृmया दुरुस्त राख्न सहि समयमा भोजन गर्न आवश्यक हुन्छ । साथै नियमित दिनचर्याको समेत पालना गर्नुपर्दछ । अर्थात विहानको खाजा, खाना, दिउँसोको खाजा र बेलुकीको खाना समयमा खानु पर्दछ । सकेसम्म बिहान ८ बजे अगावै खाजा खाने, ११ बजे भित्र खाना खाने, दिउँसो २ बजे खाजा खाने र साझँ ५ बजे हल्का फल खाएर बेलुकीको खाना ८ बजे भित्र खाइसक्नु पर्छ । यसो गर्नाले शरीरको पाचन प्रणाली तन्दरुस्त रहन्छ ।

 साह्रो वा काचो नखानुहोस्

केहि मानिस सारो र काचो खाना खान रुचाउँछन् । तर यसलाई पचाउन हाम्रो पाचन प्रणालीलाई निकै बल पुर्याउँछ । यस्तो अवस्थामा अदुवाको एक टुक्रालाई कागतीको रसमा मिसाई पिएमा जस्तै साह्रो भोजन पनि पच्ने गर्दछ ।

 

 

प्रकाशित मिति: Jul 28, 2020

प्रतिक्रिया दिनुहोस्