Logo
८ बैशाख २०८१, शनिबार
(July 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् तीन महिना घरमा चुल्हो नबल्ने अनौठो गाउँ !

विश्वमा धरै प्रकारका मानिस बस्ने गर्दछन् र उनिहरुको चालचलन रीतिरिवाज पनि फरक हुने गर्दछन् । विश्वमा यस्ता ठाउँछन् जुन हामीलाई त्यहाको विशेषता सुन्दापनि आश्चार्यता प्रकट हुने गर्छ ।

भारत एक विशाल देश हो ।यहाँको जनस्तर पनि फरक फरकको पाइन्छ । भारतको केही राज्य यस्ता छन् जहाँ अझै पनि पुराना परम्परालाई धानिएको छ ।

तर कुनै रितीस्थिती यस्ता पनि छन् जुन धेरै मार्मिक साथै दुखदायी रहेका छन् । भारतको बक्सर जिल्लामा एक गाउँमा चैत्र, बैशाख र जेठमा घरको चुल्हो बल्दैन ।

उक्त समयमा त्यहाँ चुल्हो बाल्नु प्रतिबन्ध हुन्छ । यो ३ महिना मानिसहरु सत्तु र चबेना वा अन्य ड्राइ फ्रुट्स खाएर जिउँदा रहन्छन् । ३ महिनामा चुल्होमा दुध पनि तातो खादैनन् । बच्चा र बृद्धलाई चीसो दुध खान दिन्छन् ।

यो घटना कोईलवर गाउँको क्षेत्र उमरपुरको हो । त्यहाँ १४० झुपडीहरु छन् । त्यहाँका मानिसहरुको पेशा तरकारी उब्जनी गर्नु हो ।

३ महिना चुल्हो नबल्नुको कारण चैत्र, बैशाख र जेठमा पिछल्लो वर्षमा सात पटक गाउँ पुरै जलेको थियो । पंचायतले आगो नबाल्ने निर्णय गरेको हो । यसकारण त्यहाँका जनाताहरु आगो बाल्दैनन् । एजेन्सी

प्रकाशित मिति: Jul 28, 2020

प्रतिक्रिया दिनुहोस्