Logo
१५ चैत्र २०८०, बिहीबार
(July 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी कोरोनामुक्त

कोरोना भाइरसको नानावती हस्पिटलमा उपचार गराइरहेकी बलिउड नायिका ऐश्‍वर्या राय र उनको छोरी आराध्‍याको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ।

उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको उनका पति अभिषेक बच्चनले जानकारी दिएका छन्।

उनले ट्विटरमा लेखेका छन्, ‘तपाईलाई सतत् नमन्। धन्‍यवाद पनि। सधैं आभारी रहनेछु। ऐश्‍वर्या र आराध्याको टेस्ट नेगेटिभ आयो। उनीहरुलाई अस्पतालले डिस्चार्ज गरिदिएको छ। अब उनीहरु घरमै रहनेछन्। म र बुवा (अमिताभ) मेडिकल स्टाफकै निगरानीमा अस्पतालमै रहनेछौँ।’

४६ वर्षीया ऐश्‍वर्या राय र उनकी ८ वर्षीया छोरी आराध्‍याको रिपोर्ट १२ जुलाइमा पोजिटिभ आएको थियो। तर लक्षण नदेखाएपछि दुवैलाई होम क्वारेन्टाइाइनमै राखिएको थियो।

तर १७ जुलाइमा आमा र छोरी दुवैको स्वास्थ्य खराब हुँदै गएपछि नानावती अस्पतालमा भर्ना गरिएको थियो। उनीहरु त्यहाँ १० दिन बसेपछि ११ औँ दिनमा अस्पतालले डिस्चार्ज गरिदिएको थियो।

प्रकाशित मिति: Jul 28, 2020

प्रतिक्रिया दिनुहोस्