Logo
१५ बैशाख २०८१, शनिबार
(July 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राखेपमा सिलवाल, रेडियो नेपालमा केसी, एआईजीमा शाही र कार्कीलाई नियुक्त गर्ने निर्णय

संघीय सरकारको मन्त्रीपरिषदको बैठकले सचीवको बढुवा समेत विभिन्न नियुक्तिहरु गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रीपरिषद बैठकले रेडियो नेपालको महाप्रबन्धकमा बुद्धिबहादुर केसीलाई नियुक्त गरेको छ ।

त्यसैगरी सरकारले सहसचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गरेको छ । यता राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त भएका छन् भने उपाध्यक्षमा शिव कोइराला नियुक्त भएका छन् ।

त्यस्तै बैठकले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) द्धय निरज बहादुर शाही र प्रधुम्न कार्की प्रहरीलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवागरेको छ ।

शाही र कार्कीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

३२ असारमा गृह मन्त्रालयले रिक्त दुई पदका लागि शाही र कार्कीको नाम सिफारिस गरेको थियो ।

हाल शाहीले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका थिए भने कार्कीले विशेष ब्युरोको नेतृत्व गरिरहेका थिए ।

शाही र कार्की अहिलेका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याची हुन् ।

प्रकाशित मिति: Jul 27, 2020

प्रतिक्रिया दिनुहोस्