Logo
३ जेष्ठ २०८१, बिहीबार
(July 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब टिकटक प्रयोगकर्ताले पैसा पाउने, २४ अर्बको कोष खोल्दै कम्पनी

सामाजिक सञ्जालको प्रशिद्ध प्रविधिमध्ये टिकटक पनि एक हो । यो एप दिन प्रतिदिन लोकप्रिय बन्दै गइरहेको अवस्था देखिन्छ ।

अब टिकटक प्रयोगकर्ताका लागि खुसीको खवर आएको छ किन भने छोटो भिडियोका चर्चित चिनियाँ भिडियो प्ल्याटफर्मले आफ्ना प्रयोगकर्ताका लागि अब पैसा दिने भएको हो ।

छोटो समयमै स्थापित टिकटकले खासगरी चर्चित प्रयोगकर्ता र नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै यस्तो सुविधाको घोषणा गरेको हो ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्नो नयाँ घोषणाको लागि करिब २४ अर्ब रुपैयाँ (२० करोड डलर)को कोष बनाउन लागेको जनाएको हो ।

यो सुविधाले रचनात्मक कन्टेन्टमार्फत प्रगतिको अवसर खोजिरहेका प्रयोगकर्तालाई सहयोग पुग्ने टिकटकले जनाएको छ । टिकटकका अनुसार उक्त कोषबाट यो बर्षको अन्त्यतिर नगद वितरण सुरु हुने छ ।

विगतमा टिकटक प्रयोगकर्ताले लाइभ र ब्रान्डसँगको साझेदारीमार्फत मात्र आम्दानी गर्न सक्ने अवस्था थियो । टिकटकको नयाँ घोषणाले आम्दानीको आधार तयार गर्ने भएपछि प्रयोगकर्ताप्रति यसको आकर्षण कायमै रहने अपेक्षा गरिएको छ ।

चीन र भारतबीचको सिमा विवादका कारण भारतले टिकटकमाथी प्रतिबन्ध लगाएको छ भने अमेरिकासँग बढ्दो दूरीका कारण त्यहाँ पनि प्रतिबन्धको सम्भावना उत्तिकै छ ।

यहिं सम्भावनालाई क्षीण बनाउन टिकटले हालैमात्र अमेरिकामा १० हजार रोजगारी सिर्जना गर्ने नयाँ योजना पनि सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्तामाझ पनि टिकट उत्तिकै लोकप्रिय छ ।

टिकटकका प्रयोगकर्ताले कसरी उक्त रकम पाउँछन् भन्ने स्पष्ट नभएपनि कोषको रकम बढ्दै जाने र यसलाई बजारमा प्रतिस्पर्धि बनाइरहने कम्पनीका प्रवक्ताले जनाएका छन् । विश्वभर नै अत्यधिक लोकप्रिय टिकटक पछिल्लो समय भने समस्यामा पर्दै गएको छ ।

टिकटकको मापदन्ड अनुसार १८ बर्ष माथीका र आफूले नै तयार गरेका ओरिजिनल कन्टेन्टमा मात्र यस्तो रकम प्रयोग हुनेछ ।

आगामी महिनादेखि परीक्षणको रुपमा सुरु हुने यो कार्यक्रममा कतिले आवेदन दिन सक्ने र कति रकम पाउने भन्ने अहिलेसम्म स्पष्ट भने छैन । (एजेन्सी)

 

प्रकाशित मिति: Jul 27, 2020

प्रतिक्रिया दिनुहोस्