Logo
२९ श्रावन २०७७
(July 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइसिसी विश्वकप क्रिकेट सुपर लिग जुलाई ३० देखि हुने

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आधिकारिक रुपमा आइसिसी पुरुष क्रिकेट विश्वकप सुपर लिग जुलाई ३० देखि हुने घोषणा गरेको छ ।

आइसिसी विश्वकप क्रिकेट सुपर लिग जुलाई ३० देखि हुने सुरु हुने भएको छ ।

लिग साउथ ह्याम्पटनमा जुलाई ३० देखि सुरु हुनेछ । सुपर लिगको सुरुवात विश्वविजेता इंग्ल्याण्ड र आइरल्याण्डबिचको एक दिवशीय शृङ्खलाबाट सुरु हुनेछ ।

सुपर लिगले सन् २०२३ मा भारतमा हुने आइसिसी पुरुष क्रिकेट विश्वकपका लागि छनौट हुने टिमको टुंगो लगाउने छ ।

सुपर लिगमा १३ टिमको सहभागिता रहने छ । त्यसमध्ये १२ टिम आइसिसीका पूर्ण सदस्य हुन् भने आइसिसी विश्व क्रिकेट सुपर लिग २०१५-१७ जितेर स्थान बनाएको नेदरल्याण्डस् अर्को टिम हो ।

सुपर लिगमा हरेक टिमले घरेलु मैदानमा चार र अवे मैदानमा चार खेल खेल्ने छन्।

प्रकाशित मिति: १२ श्रावण २०७७, सोमबार १३:३४

प्रतिक्रिया दिनुहोस्