Logo
११ श्रावण २०८१, शुक्रबार
(July 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्सामा स्वास्थकर्मीसहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश नं २ स्थित पर्सामा पाँच जना स्वास्थकर्मीसहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कन्ट्याक्ट् ट्रेसिङको आधारमा गत साउन ७ , ८ र ९ गते उनीहरुको स्वाब संकलन गरि गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमित १८ जना मध्ये वीरगञ्ज महानगरपालिका १३ जना छन् भने बाँकी ६ जना पर्सागढी नगर पालिकाका हुन्।

पर्सागढी नगर पालिकाका संक्रमित मध्ये ५ जना नगरपालिकाको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी रहेको नारायणी अस्पताल स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति: Jul 27, 2020

प्रतिक्रिया दिनुहोस्