Logo
१२ श्रावण २०८१, शनिबार
(July 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको व्यवहारले प्रचण्ड समूह रुष्ट, बहुमतका आधारमा अघि तयारी

पार्टी एकता अघि भएका सम्झौतालाई लत्याउँदै प्रधानमन्त्री एवंम पार्टी अध्यक्ष केपी शर्मा ओली अघि बढेपछि नेकपा भित्रको बलियो खेमाका रुपमा रहेको प्रचण्ड समूहल झन् पछि झन् रुष्ट बन्दै गएको छ ।

दुई अध्यक्षबीचको छलफल लगातार निष्कर्षबिहीन बन्न थालेपछि प्रचण्ड समूह बहुमतका आधारमा अघि बढ्ने सुरमा लागेको हो ।

सहमति जुटाएर स्थायी कमिटी बैठक सञ्चालन गर्ने भन्दै पटक पटक स्थगित भएको स्थायी कमिटी बैठकको मिति नजिकिए पनि ठोस सहमति नजुटेपछि नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर नेताहरु छलफलमा जुटेका छन् । स्थायी कमिटी बैठक अझै अनिश्चित भएपछि त्यसबारे खुमलटारमा पुगेर नेताहरुले रणनीति बनाएका छन् ।

प्रचण्ड निवास खुमलटारमा बिहानैबाट विभिन्न चरणमा भेट र छलफल चलेका छन् । प्रचण्डलाई भेट्न बरिष्ठ नेता माधवकुमार नेपाल पनि खुमलटार पुगेका थिए ।

खुलमटारमा प्रचण्डसँगको छलफलमा सहमतिका साथ अघि बढ्न सम्भावना नरहे बहुमतका आधारमा अघि बढ्ने गरी बैठकमा प्रस्तुत हुन नेताहरुले प्रचण्डलाई सुझाव दिएका छन् । सोही अनुसार अघि बढ्न प्रचण्ड पनि सहमत भएको भेटमा सहभागी एक नेताले बताए ।

ती नेताले भने, ‘सहमतिको अन्तिम प्रयास जारी छ । सकेसम्म आज पनि दुई अध्यक्षले छलफल गरेर सहमति खोज्ने प्रयास हुनेछ भएन भने बहुमतका आधारमा अघि बढ्नुको विकल्प छैन । सँधै पार्टीमा यो अवस्था हुनुहुँदैन ।’

प्रचण्ड निवास खुमलटारमा आन्तरिक छलफल चलिरहँदा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो समूहका नेताहरुसँग परामर्श गरिरहेको बुझिएको छ ।

बालुवारमा हुने छलफलमा भने पार्टीलाई जसरी पनि महाधिवेशनमा लैजाने पक्षमा माहौल तयार पार्ने काम जारी रहेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति: Jul 27, 2020

प्रतिक्रिया दिनुहोस्