Logo
१२ श्रावण २०८१, शनिबार
(July 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डडेल्धुरामा जंगली च्याउ खाँदा ८ बर्षीय बालकको मृत्यु

सुदूपश्चिम प्रदेश स्थित डडेल्धुरामा जंगली च्याउ खाँदा ८ बर्षीय बालकको मृत्यु भएको छ।

नवदुर्गा गाउँपालिका वडा नम्बर ३ मा जंगलबाट टिपेको विषालु च्याउ खाँदा ८ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धामीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

उनको शव परीक्षणका लागि सेती अस्पतालमै राखिएको छ । च्याउ खादा मृतककी आमा बिस्ना धामी र तीन दिदी बहिनी बिरामी परेका छन्।

उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।

प्रकाशित मिति: Jul 27, 2020

प्रतिक्रिया दिनुहोस्