Logo
१३ बैशाख २०८१, बिहीबार
(July 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट स्याङ्जाका एक युवकको साउदीमा मृत्यु

अहिले विश्वमाहामारी फैलिएको कोरोनाको कारण साउदी अरबमा स्याङ्जाका एक युवकको मृत्यु भएको छ ।

साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेका गल्याङ नगरपालिका-८ का रोशन श्रेष्ठको ज्यान गएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्ण पङ्गेनीले जानकारी दिए ।

श्रेष्ठ नेपालमा लकडाउन हुनुभन्दा एक दिनअघि साउदी पुगेका थिए । एनए मिडियाका म्यानेजिङ डाइरेक्टरसमेत रहेका श्रेष्ठ स्याङ्जा सहयोग समाजलगायतका सङ्घसंस्थामा सक्रिय थिए ।

श्रीमतीसहित साउदीमा बस्दै आएका श्रेष्ठ बिदामा घर आएपछि श्रीमतीलाई काठमाण्डौ मै छोडेर साउदीतर्फ उडेका थिए ।

प्रकाशित मिति: Jul 27, 2020

प्रतिक्रिया दिनुहोस्