Logo
१३ बैशाख २०८१, बिहीबार
(July 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजवादी पार्टीले सरिता गिरिलाई गरेको निष्कासनलाई सर्वोच्च अदालतद्वारा सदर

तत्कालीन समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य सरिता गिरिलाई पार्टीले गरेको निष्कासनलाई सर्वोच्च अदालतले सदर गरेको छ ।

हाल जनता समाजवादी पार्टी बनेको उक्त पार्टीले गिरिको सांसद पद खारेज गर्दै उनलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियोे ।

गिरीलाई निष्कासन गर्ने निर्णय रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको हो। दुवै पक्षको छलफलपछि अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने जनाएको हो ।

न्यायाधीशहरू ईश्वर खतिवडा र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले गिरीलाई निष्कासन गर्ने पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णयानुसार पदबाट हटाइएको हुँदा पार्टीको निर्णय रोक्न नसक्ने आदेश आइतबार (११ साउन) जारी गरेको हो ।

गिरीले आफूलाई पार्टीको सदस्यताबाट र सांसद पदबाट निष्कासन गर्ने निर्णय रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

आदेशमा राजनीतिक दलको निर्णय र पत्रका आधारमा नेपालको संविधान धारा, ८९ तथा राजनीतिक दलसम्बन्धी ऐनको दफा, ३२ बमोजिम पदमुक्त गर्ने गरी निर्णय भएको देखिएको उल्लेख छ ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसरी भएको निर्णय तथा काम कारवाही रोक्ने गरी राजनीतिक दलको तथा संसद्को काम कारवाहीको विषयलाई लिएर अन्तरिम आदेश जारी गर्नु मनासिव देखिएन ।’
नेपालको भूभाग लिपुलेक, कालापानी, लिम्पियाधुरा भूभाग समेटेर नक्सा जारी गर्ने विषयमा संशोधन हालेपछि विवादमा पर्नुभएकी गिरीले गत असार २८ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

प्रकाशित मिति: Jul 27, 2020

प्रतिक्रिया दिनुहोस्