Logo
२ जेष्ठ २०८१, बुधबार
(July 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ वर्ष पूरा, परिवारले न्यायको आश मार्दै

कन्चनपुर : कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा भएको छ । ०७५ साउन १० गते साथीको घर जान भनि आफ्नो घरबाट निस्किएकी उनको भोलिपल्ट उखुबारीमा शव फेला परेको थियो ।

तर अझै पनि घटनाका दोषीको पहिचान हुन सकेको छैन । पीडितले न्याय पाउन सकेका छैनन् । अहिलेसम्म उनका हत्यारा पत्ता लाग्न सकेका छैनन् । देश विदेशमा चर्चाको विषय बनेको यो प्रकरण अझै कहिलेसम्म रहने हो, अहिले नै भन्न सकिने अवस्था छैन ।

अधिकारकर्मी, विभिन्न संघसंस्था, राजनीतिक दल सबैले विभिन्न आन्दोलन गरे । अपराधीको पहिचान गरि कारबाही गर्न सरकारलाई दबाब दिए तर पनि सरकारले हालसम्म दोषीको पहिचान गर्न सकेको छैन ।

निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्न अभियुक्तको खोजीका क्रममा प्रहरीले बनाएका शंकास्पद व्यक्तिका सबै स्केच फेल भएका छन् । घटनाको दुई वर्ष पुग्दा समेत हत्याराको पहिचान हुन नसक्दा राज्यप्रति नै प्रश्न चिन्ह खडा भएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीका दर्जनौ टोलीले खटिए, तर अहिलेसम्म हत्यारा पक्ता नलागेपछि पीडित परिवारले न्यायको आश मार्दै गएका छन् ।

 

 

प्रकाशित मिति: Jul 25, 2020

प्रतिक्रिया दिनुहोस्