Logo
११ श्रावण २०८१, शुक्रबार
(July 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतबाट अवैधरुपमा भित्र्याउँदै गरेको खसी-बोका नियन्त्रणमा

नवलपरासी : भारतबाट अवैधरुपमा पश्चिम नवलपरासी भित्र्याउँदै गरेको १७ लाख रुपैयाँ बराबरका खसी-बोका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

८५ ओटा खसी-बोका पश्चिम नवलपरासी भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीका उपरीक्षक भरत खनियाले जानकारी दिए ।

सुस्ता गाउँपालिका-५, रगरगन्ज नाकाबाट भन्सार छलेर ल्याइएका खसी-बोकालाई रगरगन्जकै एक छाप्रोमा लुकाएर राखिएको थियो ।

बरामद गरिएका खसी-बोका आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jul 25, 2020

प्रतिक्रिया दिनुहोस्